''सेवा नै धर्म हो, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो'' भन्ने मान्यतालाई आत्मसात गर्दै दर्शन फाउण्डेशनको आयोजना, हिमालय आँखा अस्पताल, पोखराको प्राविधिक सहयोग तथा मल्लाज स्वास्थ्य चौकी र जलजला गाउँपालिका वडा नं.३ को समन्वयमा एक दिने नि:शुल्क आँखा परीक्षण शिविर सञ्चालन हुन गइरहेको जानकारी गराउन पाउँदा हामी खुशी छौं।
मिति: २०८३ साल जेठ २ गते (शनिबार)
स्थान: जलजला गाउँपालिका–३, मल्लाज माझफाँट, पर्वत (मल्लाज स्वास्थ्य चौकी) https://share.google/ycDRNJwYrTPfG8mg4
उपलब्ध सेवाहरू:
आँखा परीक्षण
विशेषज्ञ परामर्श
निशुल्क औषधि वितरण
चश्मा वितरण
अनुभवी स्वास्थ्यकर्मीको टोलीबाट सेवा प्रदान गरिनेछ।
सबै स्थानीय बासिन्दालाई यस अवसरको अधिकतम लाभ लिन अनुरोध गर्दछौं।
यो सूचना आफ्नो परिवार, आफन्त तथा छिमेकीसम्म अवश्य पुर्याउनुहोस्।
विस्तृत जानकारीको लागि : 9806724771, 9847624020
दर्शन फाउण्डेशन र नेपाल रेडक्रस सोसाइटी, सिंगा उपशाखा, म्याग्दीको संयुक्त आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखरा र बेनी अस्पताल, म्याग्दीको प्राविधिक सहयोगमा हुन गइरहेको निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
मिति : २०८१ जेठ १५ गते, मंगलबार
समय : बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म (नाम दर्ता)
स्थान : बेनी नगरपालिका वडा नं. ४, सिंगा (धवलागिरी मा.वि.को प्राङगण)
नाम दर्ता तथा थप जानकारीको लागि : ९८६७६४५७१४, ९८०२८२६६९७
“सेवा नै धर्म हो, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो ।”
निःशुल्क आँखा शिविर
सम्बन्धी जरुरी सूचना
दर्शन फाउण्डेशन, गोर्खा कालिका क्लब, दर्शन आमा समूहको संयुक्त आयोजना र हिमालय आँखा अस्पताल, घारीपाटन, पोखराको प्राविधिक सहयोगमा हुन गइरहेको निःशुल्क आँखा परीक्षण शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
मिति : २०८१ जेठ ५ गते, शनिबार
समय : बिहान ८ बजे देखि दिउँसो ३ बजेसम्म
स्थान : रुपा गाउँपालिका वडा नं. ४, ठकुरीवस्ती (समाजघर)
नाम दर्ता तथा थप जानकारीको लागि : ९८१६१३३९५७, ९८०२८२६६९७
“सेवा नै धर्म हो, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो ।”