Free Eye Checkup Camp

''सेवा नै धर्म हो, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो'' भन्ने मान्यतालाई आत्मसात गर्दै दर्शन फाउण्डेशनको आयोजना, हिमालय आँखा अस्पताल, पोखराको प्राविधिक सहयोग तथा मल्लाज स्वास्थ्य चौकी र जलजला गाउँपालिका वडा नं.३ को समन्वयमा एक दिने नि:शुल्क आँखा परीक्षण शिविर सञ्चालन हुन गइरहेको जानकारी गराउन पाउँदा हामी खुशी छौं।

📅 मिति: २०८३ साल जेठ २ गते (शनिबार)
📍 स्थान: जलजला गाउँपालिका–३, मल्लाज माझफाँट, पर्वत (मल्लाज स्वास्थ्य चौकी) https://share.google/ycDRNJwYrTPfG8mg4

🔍 उपलब्ध सेवाहरू: ✔️ आँखा परीक्षण ✔️ विशेषज्ञ परामर्श ✔️ निशुल्क औषधि वितरण ✔️ चश्मा वितरण

👨‍⚕️ अनुभवी स्वास्थ्यकर्मीको टोलीबाट सेवा प्रदान गरिनेछ।

🙏 सबै स्थानीय बासिन्दालाई यस अवसरको अधिकतम लाभ लिन अनुरोध गर्दछौं।

📢 यो सूचना आफ्नो परिवार, आफन्त तथा छिमेकीसम्म अवश्य पुर्‍याउनुहोस्।

विस्तृत जानकारीको लागि : 9806724771, 9847624020